अबदेखि जग्गाको रोक्का र फुकुवाका लागि मालपोत जानु नपर्ने
जानकारी केन्द्र
२०८३, बैशाख, १९
काठमाडौं । अबदेखि जग्गाको रोक्का र फुकुवाका लागि मालपोत कार्यालय जानु नपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सूचना जारी गर्दै सेवालाई पूर्णतः डिजिटल बनाउन यस्तो व्यवस्था लागु गर्न लागिएको जानकारी दिएको छ ।
शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागु गर्न, नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त सेवा पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउन तथा सम्पूर्ण सेवा प्रक्रियालाई मुहारबिहीन, समयबद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने सरकारको लक्ष्य अनुसार बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का तथा फुकुवाको सम्पूर्ण कामलाई अनिवार्य रूपमा अनलाइन प्रणालीबाट गर्ने जनाएको हो ।
सूचनाअनुसार यही वैशाख २१ गतेदेखि धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्य अनलाईन प्रणालीबाट मात्रै हुने भएको छ ।

सम्बन्धित समाचार
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
