ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकका लागि १३ जिल्लाका निषेधित क्षेत्रमा गरिने पदयात्रा अनुमति प्रक्रियामा नयाँ व्यवस्था लागु गरेको छ ।
विभागका अनुसार अब पदयात्रा अनुमतिसम्बन्धी सम्पुर्ण प्रक्रिया आवेदनदेखि स्वीकृतीसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ । यस व्यवस्थाले सेवा थप छिटो, सहज र सेवाग्राहीमैत्री हुने विश्वास विभागले लिएको छ ।
नयाँ व्यवस्था अनुसार विदेशी नागरिकले नेपाल प्रवेश गर्दा प्राप्त भिसा नम्बर प्रणालीमा अद्यावधिक नभए पनि पदयात्रा अनुमति आवेदन दिन सक्नेछन् । त्यस्तैगरी अब एकजना पदयात्रीलाई समेत पदयात्रालाई समेत पदयात्रा अनुमति उपलब्ध गराइने विभागले जनाएको छ ।
सरकारले साताको दुई दिन सार्वननिक बिदा लागु गरेपनि पदयात्रा अनुमति लिन आउने पर्यटक तथा ट्रेकिङ एजेन्सीलाई ध्यानमा राख्दै विभागले नयाँ कार्यतालिका सार्वजनिक गरेको बताइएको छ ।
अब शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा पनि विभागले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा पदयात्रा अनुमति सम्बन्धी सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
विभागले अधिकांश सेवा अनलाइनमार्फत हुने भएकाले सेवाग्राहीलाई कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता नरहेको स्पष्ट पारेको छ । आवश्यक कागजात वा प्राविधिक समस्या परेमा विभागले उपलब्ध गराएको सम्पर्क माध्यमबाट सहयोग लिन सकिने जनाएको छ ।

सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
