Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, २५
आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साम्पाङ र किरातीबीच बिहीबार राति ललितपुरमा भएको सहमति अनुसार एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने गरी किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो तीन बजे बागबजारको हार्दिक होटलमा एकता घोषणा कार्यक्रम राखिएको छ।

किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए ।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स