• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • ८ घण्टा 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • १० घण्टा 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • १२ घण्टा 

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • १५ घण्टा 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • १५ घण्टा 

२०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १ दिन 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १ दिन 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • २. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ३. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ४. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ७. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ८. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ९. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • १०. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

जानकारी केन्द्र २०८३, बैशाख, २७

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ तथा वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशव्यापी रूपमा ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको हो।

अभियानको औपचारिक शुभारम्भ आगामी वैशाख २८ गते बिहान ८:३० बजे वीर अस्पताल बाट हुने तय गरिएको छ। उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता सहभागी हुने जनाइएको छ।

सरकारले जारी गरेको “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” मा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरकारी कार्यालयहरूमा सरसफाइ मापदण्ड लागू गर्ने लक्ष्य राखिएको उल्लेख छ। मार्गदर्शनअनुसार सरकारी कार्यालयहरूमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन तथा सेवाग्राहीमैत्री वातावरण सुनिश्चित गरिनेछ। सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित राख्नुपर्ने व्यवस्था गरिएको छ भने चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत तथा रंगरोगन गरिनेछ।

त्यस्तै, सबै शौचालयलाई दुर्गन्धरहित बनाइ नियमित पानीको व्यवस्था गर्नुपर्ने, हात धुने स्थानमा साबुन अनिवार्य राख्नुपर्ने तथा दैनिक सफाइको अभिलेख राख्नुपर्ने उल्लेख छ। शौचालयलाई महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त तथा सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउनुपर्ने व्यवस्था गरिएको छ।

कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना तथा काम नलाग्ने सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने र खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

यस्तै कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली तथा ढल सफा राख्नुपर्ने, पार्किङ व्यवस्थापन सुधार गर्नुपर्ने तथा अव्यवस्थित तार र पोस्टर हटाउनुपर्ने सूचक तय गरिएको छ। सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने तथा सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने मार्गदर्शनमा उल्लेख छ।

अभियानलाई दिगो बनाउन प्रत्येक निकायमा एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोकिनेछ। साथै हरेक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक स्व–मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले अभियानको कार्यान्वयन र अनुगमनको जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई दिएको छ। उनीहरूले नियमित अभिलेख राख्नुपर्नेछ।

यो अभियान संघीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालयसँगै सार्वजनिक शैक्षिक संस्थाहरूमा समेत लागू हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

ताजा

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.