दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङलाई प्रवर्द्धन गदै दृष्टीविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचसँग जोड्ने उद्धेश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ। सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्धेश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि।एस।आर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गरेका थिए।
कार्यक्रममा हस्ताक्षर तालिमलाई विषेश प्राथमिकता दिइएको थियो। बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षर सम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको थियो। उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
उक्त कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि समावेशी बैंकिङलाई प्रवर्द्धन गर्दै विभिन्न समुदाय लक्षित वित्तीय सचेतना तथा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ। सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले समावेशी बैंकिङतर्फ गरिएको पहल तथा हस्ताक्षर तालिम प्रति खुशी व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताएका छन्।
सर्वोदय परियोजनाकै सौगात वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए।
कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरेर ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ। उक्त खाता खोल्ने दृष्टिविहीनहरूले अन्य व्यक्तिहरूले जस्तै मोबाइल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले उक्त खाता खोल्नका लागि दृष्टिविहीन भएको कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कुनै साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको जनाएको छ।
कार्यक्रमको समापनसँगै बैंकका ब्रान्डिङ तथा सि।एस।आर प्रमुख पौडेलले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले यस्ता तालिममार्फत वित्तीय पहुँच मात्र होइन, आत्मविश्वास र सामाजिक समावेशितामा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
