• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • ९ घण्टा 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • ११ घण्टा 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • १३ घण्टा 

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • १५ घण्टा 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • १६ घण्टा 

२०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १ दिन 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १ दिन 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • २. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ३. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ४. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ७. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ८. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ९. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • १०. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

जानकारी केन्द्र २०८३, बैशाख, २८

काठमाडौं । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत यसअघि बजारमा ल्याएको ‘एस्प्रेसो मेकर (मोडेल : सीजीएमआरसीएम०१)’ ले छोटो अवधिमै नेपाली कफी पारखीहरूको मन जित्न सफल भएको छ। नेपालमा बढ्दो कफी संस्कृति र हाल देशभर भइरहेको वर्षा तथा ओसिलो मौसमको समयमा तात्तातो पेय पदार्थको आवश्यकतालाई ध्यानमा राख्दै, सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (एसडिए) पोर्टफोलियोलाई अझ विस्तृत बनाएको बताइएको छ। यसै अनुरूप, घर वा अफिसमै ‘क्याफे’ जस्तै फ्रेस ‘ब्रुअड कफी’ को आनन्द दिन कम्पनीले अत्याधुनिक ‘ड्रिप कफी मेकर’ (मोडेल : सीजीएमआरसीएम०२) सार्वजनिक गरेको जनाएको छ।

बढ्दो कफी संस्कृति र घरमै ‘क्याफे’ को अनुभव
पछिल्लो समय नेपालमा कफी पिउने संस्कार एउटा जीवनशैली नै बनिसकेको छ। उपभोक्ताहरू अब सामान्य ‘इन्स्ट्यान्ट कफी’ मा मात्र सीमित नभई, कफीको वास्तविक सुगन्ध र स्वाद रुचाउन थालेका छन्। कम्पनीका अनुसार, एस्प्रेसो मेकरले कडा कफीको चाहना पूरा गर्छ भने ‘ड्रिप कफी’ विश्वभर नै घर र कर्पोरेट अफिसहरूमा सबैभन्दा धेरै रुचाइने सरल ‘ब्रुइङ’ विधि हो। तातो पानी बिस्तारै कफीको धुलोमाथि तप्किए बन्ने यो विधिले कफीको प्राकृतिक सुगन्ध र स्वादलाई उत्कृष्ट रूपमा बाहिर ल्याउँनुका साथै एकैपटक धेरै मात्रामा कफी बनाएर पिउन रुचाउने परिवार र कर्पोरेट अफिसका लागि यो स्मार्ट उपकरण सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीले जनाएको छ ।

सीजी मेरिडिया ड्रिप कफी मेकरका मुख्य विशेषताहरू
आधुनिक भान्सालाई स्मार्ट बनाउने उद्देश्यका साथ यसमा उत्कृष्ट सुविधाहरू समावेश गरिएका छन् स्
 – १.२५ लिटरको ग्लास क्याराफे : ठूलो क्षमता भएको आकर्षक सिसाको जगले एकैपटक धेरै कप कफी तयार पार्न सक्छ। ‘इजी-ग्रिप’ ह्यान्डलसहितको यो डिजाइन साथीभाइसँगको जमघट वा अफिसको मिटिङका लागि एकदमै उपयुक्त छ।
– समयको बचत र शक्तिशाली पर्फर्मेन्स : ७५० वाटको पावरले गर्दा यसले निकै कम समयमा तात्तातो र स्वादिलो कफी तयार पार्छ, जसले व्यस्त जीवनशैलीमा ठूलो राहत दिन्छ।
– वर्मिङ प्लेट : कफी चिसो हुने समस्यालाई अन्त्य गर्न यसमा विशेष प्लेट राखिएको छ, जसले कफी तयार भएको ४० मिनेट पछिसम्म पनि यसको तापक्रम र फ्रेसनेसलाई यथावत् राख्छ।
– एन्टी-ड्रिप स्टप मेकानिजम : कफी चुहिनबाट रोक्ने यो नवीन प्रविधिले भान्सा वा अफिसको काउन्टरलाई सधैँ सफा र ‘हाइजेनिक’ राख्न मद्दत गर्छ।
– सुरक्षा र ऊर्जा बचत : ऊर्जा खपत कम गर्न ‘अटो-सट अफ’ र मेशिनलाई सुरक्षित राख्न ‘बोइल ड्राई प्रोटेक्सन’ जस्ता स्मार्ट सुविधाहरू यसमा समावेश छन्।

आकर्षक डिजाइन र पहुँच
ब्ल्याक र सिल्भर कलरको प्रिमियम फिनिसिङमा उपलब्ध यो ड्रिप कफी मेकरले आधुनिक भान्सा वा कर्पोरेट अफिसको सजावटमा थप आकर्षण प्रदान गर्नेछ। यसको साथमा आउने विशेष ुफिल्टर र कफी स्पुनु ले ड्रिपिङ प्रक्रियालाई थप सटिक र सहज बनाउँने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, यो नयाँ कफी मेकर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सीजी डिजिटल र एलजी ब्रान्ड शप ), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन पोर्टल cgdigittal.com.np मार्फत सहजै खरिद गर्न सकिन्छ। त्यस्तै, ४० भन्दा बढी सेवा केन्द्रहरू (सीजी केयर) मार्फत बिक्रीपछिको भरपर्दो प्राविधिक सहयोग सुनिश्चित गरिएको कम्पनीको विश्वास रहेको छ।

“नेपालमा कफी संस्कृतिको तीव्र विकाससँगै हामीले उपभोक्ताको भान्सालाई अझ स्मार्ट र आधुनिक बनाउन एसडीए पोर्टफोलियो विस्तार गरिरहेका छौँ,” सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। “इक्स्पिरीअन्स लाइभ विथ सीजी” को मूल नारालाई आत्मसात गर्दै सीजीले आगामी दिनमा पनि जीवनशैलीलाई सहज बनाउने नवीन स्मार्ट उपकरणहरू बजारमा ल्याइरहने प्रतिबद्धता व्यक्त गरेका जनाएको छ।

  • ड्रिप कफी मेकर
  • सीजी मेरिडिया
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

ताजा

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.