कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्ने बताइएको छ ।
यस शोरुमको औपचारिक उद्घाटन आईतबार सम्पन्न हुनुका साथै सो उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू र हापुरे मार्बल प्रालिको टोलीको उपस्थिति थियो, जसले स्थानीय समुदायलाई नयाँ शोरुमको अवलोकन गर्न स्वागत गरेका थिए ।
नयाँ शोरुम ग्राहकहरूलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ भने यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध रहेको जनाइएको छ । ग्राहकहरूले यहाँ विभिन्न टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पुर्याउनेछ ।
कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, “हामी हापुरे मार्बल प्रालिसँग सहकार्य गरी दाङका बासिन्दाहरूमाझ हाम्रा उत्पादनहरू ल्याउन पाएकोमा उत्साहित छौँ । ग्राहकहरूलाई उच्च गुणस्तरका सामग्रीहरू उपलब्ध गराउनु र उहाँहरूको सपनाको घर सजाउन आवश्यक सहयोग पु¥याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”
कम्पनीका अनुसार, यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र हापुरे तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई नयाँ कलेक्सनको अवलोकन गर्न आग्रह गर्दछ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको बताइएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन् गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता आईसओ ९००१ः२०१५ र आईसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँने जनाइएको छ ।
कम्पनीका अनुसार, यसैलाई निरन्तरता दिँदै कजारियाले हालै एनएस क्वालिटी अर्वाड २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको बताइएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
