कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्ने बताइएको छ ।
यस शोरुमको औपचारिक उद्घाटन आईतबार सम्पन्न हुनुका साथै सो उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू र हापुरे मार्बल प्रालिको टोलीको उपस्थिति थियो, जसले स्थानीय समुदायलाई नयाँ शोरुमको अवलोकन गर्न स्वागत गरेका थिए ।
नयाँ शोरुम ग्राहकहरूलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ भने यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध रहेको जनाइएको छ । ग्राहकहरूले यहाँ विभिन्न टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पुर्याउनेछ ।
कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, “हामी हापुरे मार्बल प्रालिसँग सहकार्य गरी दाङका बासिन्दाहरूमाझ हाम्रा उत्पादनहरू ल्याउन पाएकोमा उत्साहित छौँ । ग्राहकहरूलाई उच्च गुणस्तरका सामग्रीहरू उपलब्ध गराउनु र उहाँहरूको सपनाको घर सजाउन आवश्यक सहयोग पु¥याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”
कम्पनीका अनुसार, यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र हापुरे तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई नयाँ कलेक्सनको अवलोकन गर्न आग्रह गर्दछ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको बताइएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन् गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता आईसओ ९००१ः२०१५ र आईसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँने जनाइएको छ ।
कम्पनीका अनुसार, यसैलाई निरन्तरता दिँदै कजारियाले हालै एनएस क्वालिटी अर्वाड २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको बताइएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

