नयाँ सार्वजनिक सवारी दर्तामा सरकारद्वारा रोक, विद्युतीय गाडी पनि अब दर्ता नहुने
काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता कार्यमा रोक लगाएको छ। यातायात व्यवस्था विभागले सातै प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको नयाँ दर्ता नगर्न निर्देशन दिएको हो।
विभागकाअनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जाम बढ्दै गएको छ। साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता सिर्जना भएकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारणले आवश्यक ठानेमा सवारी दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको विभागले उल्लेख गरेको छ। विभागले जारी गरेको पत्रमा सार्वजनिक सवारीसाधनसँगै विद्युतीय सार्वजनिक सवारीसाधनको समेत नयाँ दर्ता तत्कालका लागि रोक्का गर्न भनिएको छ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
