अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य बनाउन नपाइने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कर्मचारीको श्रम अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको हो ।
नयाँ निर्देशनअनुसार कुनै कर्मचारी ओभरटाइम गर्न सहमत भए मात्रै अतिरिक्त समयमा काम लगाउन पाइनेछ । त्यस्तै ओभरटाइम काम गराएबापत सम्बन्धित कर्मचारीलाई थप पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई श्रमसम्बन्धी कानुन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशन पूर्ण रूपमा पालना गर्न समेत निर्देशन दिएको छ । यस व्यवस्थाले बैंकिङ क्षेत्रमा कर्मचारीमाथि हुने अतिरिक्त कार्यभार नियन्त्रण गर्न र श्रम अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

