ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस प्रकारको शाखाको विवरण बैंकहरुले वेबसाइटमा राख्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थालाई एक आपसमा सहकार्य गरी एटीएम लाउञ्ज भएका स्थानमा ब्रेल साइ कन्ट्रोल बटन्स र अडियो सपोर्टसहितको कम्तीमा एक अपाङ्गमैत्री एटीएम राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । यस प्रकारको एटीएमको विवरण पनि वेबसाइटमा राख्नुपर्नेछ ।
एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवा अपाङ्गता भएका व्यक्ति आफैले उपयोग गर्न नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डेविटरक्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ट्याक्टीकल फिचर राख्नुपर्नेछ।

सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
