काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४५३ जना सवारी चालकलाई एकै दिन कारवाही गरेको जनाएको छ । २४ घण्टाको कारवाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
कारवाहीमा पर्नेहरूमध्ये १०५ जना मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालक रहेका छन् । यस्तै राइड शेयरिङमा २३८ जना, रातो बत्ती उल्लंघन गर्ने १८४ जना र तीव्र गतिमा सवारी चलाउने १८६ जना चालक कारवाहीमा परेका छन् ।
त्यसैगरी लेन मिच्ने १४ जना, फुटपाथमा सवारी चलाउने १०० जना, हर्न निषेध उल्लंघन गर्ने ११९ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १३९ जना चालकलाई पनि कारवाही गरिएको प्रहरीले जनाएको छ ।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३६८ जना चालकलाई समेत कारवाही गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
