Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, १२
मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज मंगलबार युरोपेली संघ (ईयू) मा आवद्ध २२ देशसहित दक्षिण–पूर्वी एशियाली मुलुकका ३० भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले चैत २५ गते नेपालस्थित १७ देशका राजदूतहरूसँग सामूहिक भेट गरेपछि यो दोस्रो कूटनीतिक भेटवार्ता हो।

परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका तथा भारतको नयाँदिल्लीबाट आएका ईयूका २२ सहित अन्य कूटनीतिज्ञलाई आज बिहान ११ बजे सिंहदरबारमा बोलाएको छ। भेटवार्तामा प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा सहकार्यका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। साथै नेपाललाई अतिकम विकसित देश(LDC)को सूचीमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने र युरोपेली संघको हवाई सुरक्षासम्बन्धी कालोसूचीबाट नेपाललाई हटाउन पहल गरिने विषयलाई पनि प्रमुख रूपमा उठाइने बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स