काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका छन् ।
डा. भट्टराईको सचिवालयले करिब एक घण्टा भएको उक्त वार्तामा समाजवादी केन्द्र गठन, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन, प्रचण्डको भारत भ्रमण र अन्य समसामयिक विषयमा छलफल गरिएको जनाएको छ । साथै, भट्टराईले जसपाबाट अलगिए पनि आफू सत्तारुढ गठबन्धनमै रहेको बताए ।