एजेन्सी । भारतको महाराष्ट्रको बुलढानामा शुक्रबार राति बस दुर्घटनापछि भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ । यवतमालबाट पुणे जाँदै गरेको बस पोलमा ठोक्किँएर डिभाइडर चढेर पल्टिँदा आगलागी भएको हो ।
बसमा ३३ जना सवार थिए, जसमा जलेर २५ जनाको घटनास्थलमै मृत्यु भएको दैनिक भाष्करले लेखेको छ । बसको झ्यालको सिसा फुटाएर आठ जनाले भने ज्यान बचाएका छन् ।
बुलढाना जिल्लाको सिन्दखेडराजा नजिकैको पिम्पलखुटा गाउँ नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा बस दुर्घटना भएको हो । बुलढानाका एसपी सुनील कडासेनले दुर्घटनामा बसका चालक भने बाँच्न सफल भएका बताए । टायर पड्किएर बस पल्टिँदा बसमा आगो लागेको उनले बताए ।
प्रत्यक्षदर्शीका अनुसार चालकले बसमा सन्तुलन गुमाएका थिए । बस पहिले फलामको पोलमा ठोक्किँएको थियो । आगोको बीचमा बनेको कंक्रिट डिभाइडरसँग ठोक्किँएपछि पल्टिएको हो ।
बस बायाँतिर घुम्यो र जसका कारण ढोका भुईंतिर परेकाले यात्रुहरू बस बाहिर निस्किन नसक्दा मृत्यु संख्या बढेको जनाइएको छ । शव जलेका कारण पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ ।