• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ २५, २०८२
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध

मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै

मध्य चमेलिया जलविद्युत आयोजना निर्माणमा नेपाल बैंक र नविल बैंकले सवा ४ अर्ब लगानी गर्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • ७. २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

  • ९. आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

  • १०. लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै

काठमाडौँ ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदैछ ।

प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ । यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो । धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

यसै सन्दर्भमा यस वर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

यस वर्षको २१औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको उपलक्ष्यमा आषाढ १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने माननीय सदस्यज्यूको प्रमुख आतिथ्यतामा आइआरआरआई र बिआरआरआईका प्रतिनिधिहरु एवं अन्य सरोकारवालाहरुको सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन हुने तय गरिएको छ ।

आज चितवनको बछौलीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रोपाइँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै
    सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको अबैध कपडा बरामद
    शेर्पा बिना सगरमाथा चढेकी पहिलो नेपाली महिला : पार्वति जोशीको साहसिक सफलता

    लोकप्रिय

    २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

    दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा
    • दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि
    • यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
    • नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.