काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.६० अंकले बढेर दुई हजार ६९४.६६ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कूल २ करोड २० लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज ११५ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १३३ वटा कम्पनीको मूल्य घटेको छ।
त्यसैगरी, ओम मेगाश्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ८७ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।