काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५३ रुपैयाँ कायम भएको छ ।