काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार ६४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ७९ रुपैयाँ कायम भएको छ ।