मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल डुरोभ फ्रान्समा पक्राउ
काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई शनिबार साँझ पेरिसको बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको हो । जानकारीका अनुसार दुरोभ निजी जेटबाट अजरबैजानबाट बोर्जेट विमानस्थल पुगेका थिए । फ्रान्सेली प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
मिडिया रिपोर्टहरूका अनुसार फ्रान्सेली भन्सारसँग संलग्न फ्रान्सको एन्टी फ्रड अफिसका अधिकारीहरूले शनिबार साँझ फ्रान्सेली-रूसी अर्बपतिलाई पक्राउ गरेका हुन् । टेलिग्राम प्लेटफर्मले मनी लान्ड्रिङ, लागूऔषध ओसारपसार र पेडोफाइल सामग्री साझेदारी गर्न प्रयोग गरिएको आरोप छ ।
पक्राउ पुर्जी जारी भएदेखि टेलिग्रामका संस्थापकले फ्रान्स र युरोप भ्रमण गरेका थिएनन् । यसैबीच, फ्रान्सले टेलीग्राम, लागूपदार्थको तस्करी, बालबालिका विरुद्ध अपराध, र ठगीमा संलग्नतामा संयमताको कमी र कानून प्रवर्तनसँग असहयोग गरेको आरोपमा डुरोभलाई पक्राउ पुर्जी जारी गरेको थियो । रुसी मूलका टेलिग्रामका संस्थापक हाल दुबईमा बस्छन् । टेलिग्रामका विश्वभर ९० करोडभन्दा बढी प्रयोगकर्ता रहेको विश्वास गरिन्छ।
डुरोभले अगस्ट २०२१ मा फ्रान्सेली नागरिकता लिएका थिए । डुरोभ रुसको भिकोन्टाकटे सामाजिक नेटवर्कको संस्थापक हुन् । उनले भिकोन्टाकटे प्रयोगकर्ताहरूको डेटा रूसी सुरक्षा सेवाहरूसँग साझेदारी गर्न अस्वीकार गरेपछि उनले २०१४ मा रूस छोडेका थिए । पछि रुसले पनि टेलिग्राममाथि प्रतिबन्ध लगाउने प्रयास गरेको थियो ।
टेलिग्राम व्यापक रूपमा रूसी भाषा बोल्ने मानिसहरू द्वारा प्रयोग गरिन्छ । यसको माध्यमबाट युक्रेन युद्धको बारेमा महत्त्वपूर्ण जानकारी आदान प्रदान भइरहेको छ । रूसी सेनाले सञ्चारको लागि टेलिग्राम प्रयोग गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
