वायु प्रदूषणले आँखामा खतरा हुन सक्ने । यसरी बच्नुहाेस
जानकारी केन्द्र
२०७७, चैत्र, १७
काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह उच्च हुँदा आँखामा धेरै खालका समस्या देखापर्न सक्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर कमल खड्का बताउँछन् । वायु प्रदूषणले आँखामा गम्भीर खालका समस्या पुर्याउने डा. खड्का बताउँछन् । प्रदूषित हावामा आँखाको ख्याल नगरे मोतियाविन्दु, आँखाको क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ । डा. खड्काका अनुसार काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणले आँखामा निम्न खालका अल्पकालिन तथा दीर्घकालिन असर पुर्याउन सक्छ ।
- आँखा रातो हुने
- आँखा धमिलो हुने
- आँखा चिलाउने
- आँखामा घाउ हुने
- लामो समयसम्म आँखा चिम्म गरेर बस्न मन लाग्ने
- आँखा पोल्ने आदि अल्पकालिन समस्या हुन सक्छ
- आँखाको दृश्यशक्तिमा ह्रास आउने
- मोतियाविन्दू हुने
- आँखामा क्यान्सरसमेत भइ दीर्घकालीन समस्या हुनपनि सक्छ ।
गर्मी याममा र वायु प्रदूषणमा आँखाको हेरचाह गर्न आँखा रोग विशेषज्ञ डा. खड्का यस्ता सुझाव दिन्छन् । वायू प्रदूषण हुँदा हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- वायुमण्डल प्रदूषित भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कने । निस्कनै परेमा पोलोराइज्ड चश्मा लगाउने ।
- आँखालाई सधैँ सफा राख्ने, कम्तिमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने ।
- साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।
- सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।
- राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा गर्ने ।
- आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।
- सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्न सक्छ ।
- बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।
- प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।
- बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।
- धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।
- कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।
- मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
