वायु प्रदूषणले आँखामा खतरा हुन सक्ने । यसरी बच्नुहाेस
जानकारी केन्द्र
२०७७, चैत्र, १७
काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह उच्च हुँदा आँखामा धेरै खालका समस्या देखापर्न सक्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर कमल खड्का बताउँछन् । वायु प्रदूषणले आँखामा गम्भीर खालका समस्या पुर्याउने डा. खड्का बताउँछन् । प्रदूषित हावामा आँखाको ख्याल नगरे मोतियाविन्दु, आँखाको क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ । डा. खड्काका अनुसार काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणले आँखामा निम्न खालका अल्पकालिन तथा दीर्घकालिन असर पुर्याउन सक्छ ।
- आँखा रातो हुने
- आँखा धमिलो हुने
- आँखा चिलाउने
- आँखामा घाउ हुने
- लामो समयसम्म आँखा चिम्म गरेर बस्न मन लाग्ने
- आँखा पोल्ने आदि अल्पकालिन समस्या हुन सक्छ
- आँखाको दृश्यशक्तिमा ह्रास आउने
- मोतियाविन्दू हुने
- आँखामा क्यान्सरसमेत भइ दीर्घकालीन समस्या हुनपनि सक्छ ।
गर्मी याममा र वायु प्रदूषणमा आँखाको हेरचाह गर्न आँखा रोग विशेषज्ञ डा. खड्का यस्ता सुझाव दिन्छन् । वायू प्रदूषण हुँदा हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- वायुमण्डल प्रदूषित भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कने । निस्कनै परेमा पोलोराइज्ड चश्मा लगाउने ।
- आँखालाई सधैँ सफा राख्ने, कम्तिमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने ।
- साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।
- सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।
- राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा गर्ने ।
- आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।
- सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्न सक्छ ।
- बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।
- प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।
- बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।
- धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।
- कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।
- मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
