चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
बेइजिङ । उत्तरी छिमेकी चीन यतिखेर भिषण आँधिबेहोरीको चपेटमा परेको छ । चीन जारी रहेको ‘टाइफुन डल्फिन’ समन्द्री तटमा पुगेसँगै ठोक्किएसँगै चिनियाँ अधिकारीहरूले सांघाईलगायत पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्।
मौसमसम्बन्धी अधिकारीहरूका अनुसार यो आँधी सुरुमा झेजियाङ प्रान्तको युहुआनमा ठोक्किँदा यसको अधिकतम हावाको गति १५० किलोमिटर प्रतिघण्टा थियो, त्यसको करिब एक घण्टापछि यो वेन्झाउ सहरमा पुगेको थियो ।
यस आँधीका कारण उक्त क्षेत्रको यातायात सेवा अवरुद्ध भएको छ भने केवल सांघाईमा मात्रै १ हजार ४०० उडानहरू रद्द गरिएको बीबीसीले जनाएको छ।
चिनियाँ अधिकारीहरूले सुरुमा ‘टाइफुन डल्फिन’ का लागि उच्चतम् स्तरको ‘रेड अलर्ट’ जारी गरिसकेका थिए तर सोमबार बिहानसम्ममा यसलाई ‘ट्रपिकल स्टोर्म’ को स्तरमा घटेको थियो।
आँधी चीनको भित्री भूभागतर्फ अघि बढिरहेको छ र अधिकारीहरूले बुधबारसम्म भारी वर्षा, भीषण बाढी तथा पहिरोको जोखिमबारे चेतावनी दिइरहेका छन्।
सोमबार शानडोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु र झेजियाङ प्रान्त तथा सांघाई सहरमा भारी वर्षाको पूर्वानुमान गरिएको थियो।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
