बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको जनधनको क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गरेको छ।
नाडाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। त्यस्तैगरी उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
नाडाले तत्काल राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्नुका साथै अटोमोबाइल व्यवसायीहरूलाई पनि राहत तथा उद्धारमा सहयोग गर्न आह्वान गरेको बताइएको छ।
यसैबीच, भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ भने निरन्तर सञ्चालन हुने नाडाले जनाएको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्को सामना गर्नुपर्ने भएकाले अटो शो नरोक्ने निर्णय गरिएको नाडाले बताएको छ।
सम्बन्धित समाचार
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


