आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।
दिउँसोको मौसम दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानका साथै मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको मौसममा पनि देशभर साधारणतया बादल लागिरहनेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता विपद्को जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवम् उद्धार र राहत कार्यमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई विभागको अद्यावधिक सूचनामा रहन आग्रह गरिएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
जेन्जी आन्दोलनको सम्मानमा भदौ २३ गते देशभर बिदा दिने सरकारको निर्णय
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

