नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ । विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका छन् ।
अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक ठाउँहरुमा राखेर प्रदर्शन गरिनेछ । खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफी प्रदर्शन गरिएको हो । ट्रफीसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारीसाधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।
पोखराको अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोकभित्र बजार हुँदै बगर चोक, बागबजार चोक, जिरो किलोमिटर हुँदै हल्लनचोक र बाहारी चोकमा ट्रफी प्रदर्शन गरिनेछ ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाइएको राखेपले जनाएको छ ।
ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुन छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

