नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
भक्तपुर । भक्तपुरको झौलखेलस्थित नेपाल इको प्यानल प्रा.लि.को कारखाना परिसरमा “स्वस्थ कर्मचारी, स्वस्थ उद्योग” भन्ने उद्देश्यका साथ वार्षिक स्वास्थ्य तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको बताइएको छ । उद्योगमा कार्यरत सम्पूर्ण कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई लक्षित गरी आयोजित कार्यक्रममा सामान्य स्वास्थ्य परीक्षण तथा आँखा परीक्षण गरिएको जनाइएको छ । 
इको प्यानलका अनुसार कार्यक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सहभागीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्दै आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरेको थियो । नेपाल इको प्यानलले कर्मचारीको स्वास्थ्य, सुरक्षा तथा कार्यस्थलमा सुरक्षित वातावरणलाई उच्च प्राथमिकता दिँदै आएको जनाइएको छ ।
उद्योगले आइएसओका मापदण्डहरू अवलम्बन गर्दै आएको दाबी गरेको छ । विशेषगरी आइएसओ ४५००१ः२०१८ अन्तर्गतको व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षणलाई महत्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्वस्थ र सुरक्षित कर्मचारी नै उत्पादनशील उद्योगको आधार भएकाले कर्मचारी तथा उनीहरूका परिवारको स्वास्थ्यप्रति जिम्मेवार बन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ । कार्यक्रमले कर्मचारीहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित, स्वस्थ र जिम्मेवार कार्यस्थल निर्माणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

