Jankari Kendra
१ मंसिर २०८३, सोमबार

चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गराउने आयोगको तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, १
चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गराउने आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत महिनाको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी अगाडी बढाएको छ । निर्वाचनको मिती तय गर्ने विषयमा आयोगले आवश्यक छलफल समेत सुरु गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विर्वाचनको वातावरण निर्माण तथा पूर्वतयारीका विषयमा छलफल गर्न मंसिर ४ गते राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ । राजनीतिक दलहरुसँगको छलफलपछि निर्वाचनसम्बन्धी थप निर्णयमा पुगिने उनले बताएका छन्।

स्थानीय तह निर्वाचन ऐन,२०७३ अनुसार गाँउसभा वा नगरसभाका सदस्यका कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरको छ ।

Top Changing Nepal

युट्युब सट्स