Jankari Kendra
२२ कार्तिक २०८३, शनिबार

एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, २२
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण

नेपालगञ्ज । नेपालमा जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु.अर्थमुभर्स प्रा.लि.ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक गरेको छ। कम्पनीद्वारा आयोजित “पार्टनर इन प्रोग्रेस” कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको जनाइएको छ। होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)का केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल के.सी.,महासंघ केन्द्रीय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल तथा एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा जेसीबी एग्रीम्याक्सको आधिकारिक अनावरण गरेका बताइएको  छ।

कम्पनीका अनुसार जेसीबी एग्रीम्याक्स सामग्री ह्यान्डलिङ कार्यका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो भने बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्प जस्ता परिवर्तनीय एट्याचमेन्टसहितको यो मेसिन कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा-गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योग, साथै प्लान्ट एन्ड हायर व्यवसायलगायत विभिन्न क्षेत्रमा उपयोगी रहेको  छ।

कार्यक्रममा जेसीबी ३ डी एक्स सुपर, जेसीबी २२५ एलसीएम एक्जाभेटर तथा जेसीबी जेनेसेट पनि प्रदर्शनीमा राखिएका थिए भने यी उत्पादनहरूले निर्माण, अर्थमुभिङ तथा विद्युत् उत्पादनसम्बन्धी विभिन्न आवश्यकताका लागि जेसीबीका विविध समाधानहरू प्रस्तुत गरेका जनाइएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा १० जना ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण गरिएको थियो भने एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरे। यस हस्तान्तरणले जेसीबी उत्पादनप्रति ग्राहकहरूको निरन्तर विश्वास र पश्चिम नेपालमा स्थापित सुदृढ व्यावसायिक साझेदारीलाई प्रतिबिम्बित गरेको बताइएको छ।

कार्यक्रममा बोल्दै एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले भने, “जेसीबी एग्रीम्याक्सको सार्वजनिकसँगै हामीले पश्चिम नेपालका विभिन्न व्यवसायका लागि बहुउपयोगी र प्रभावकारी समाधानहरू अझ नजिक पुर्याउने प्रयास गरेका छौँ। हाम्रो विविध उत्पादन पोर्टफोलियो र आज १० वटा मेसिन हस्तान्तरण हुनुले ग्राहकहरूले जेसीबी प्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। भरपर्दो उत्पादन, गुणस्तरीय सेवा र निरन्तर सहयोगमार्फत ग्राहकहरूसँगको साझेदारीलाई अझ सुदृढ बनाउँदै उहाँहरूको व्यावसायिक प्रगतिमा साथ दिन हामी प्रतिबद्ध छौँ।”

Top Changing Nepal

युट्युब सट्स