Jankari Kendra
१७ कार्तिक २०८३, सोमबार

सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १७
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो

काठमाडौं। साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार राताम्मे बनेको छ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा ओर्लेको छ । गत साता लगातार बढेको नेप्से यसपटक बन्द भएर घटेको हो ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार आठ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । आज सात अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँ बराबरको एक करोड ९८ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार पनि घलेम्दी हाइड्रो कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड र कुमारी बैंकको करिब २८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावरको सेयरमूल्य १३.५८ प्रतिशत बढेको छ। १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।

 

Top Changing Nepal

युट्युब सट्स