Jankari Kendra
११ कार्तिक २०८३, मंगलवार

चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ११
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरअघि नै सबै विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो।

विराटनगरका लागि वेस्ट इन्डिजका आन्द्रे रसेलले १७ बलमा ३२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। चितवनका बलरले विराटनगरलाई लक्ष्यसम्म पुग्न नदिएपछि टोलीले ८ रनको जित निकालेको हो।

Top Changing Nepal

युट्युब सट्स