चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हाल तीनवटा प्रदेशमा मात्र वर्षा भइरहेको छ। सातै प्रदेशमा वर्षा भइरहे पनि ‘अर्नब’ को प्रभाव तीन प्रदेशमा मात्र रहेको मौसमविद् विनोद पोखरेलको भनाइ छ।
उनका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा भइरहेको वर्षा चक्रवात ‘अर्नब’ को प्रभावका कारण हो। तर कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको छ।
लुम्बिनी र गण्डकीमा वर्षा भइरहे पनि ‘अर्नब’ र पश्चिमी वायुको कमजोर प्रभाव मात्र परेको उनको भनाइ छ। सोही कारण अपेक्षित वर्षा नभएको उनको अनुमान छ।
‘अहिले वर्षाले नेपालका सातै प्रदेश छोएको छ। तर रोचक कुरा के छ भने वर्षा गराउने प्रणाली भने सबै ठाउँमा एउटै छैन। सुदूरपश्चिम र कर्णालीमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण हो भने बागमतीदेखि कोशीसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित छ,’ पोखरेल भन्छन्, ‘गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा भने दुवै प्रणालीको कमजोर प्रभाव मात्र परेको छ, भनौँ, यता न उताको अवस्था । त्यसैले ती क्षेत्रमा अहिले खासै वर्षा हुन सकेको छैन।’
सम्बन्धित समाचार
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
