Jankari Kendra
१३ कार्तिक २०८३, बिहीबार

चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १३
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै भोलि कार्तिक १२ गते (बिहीबार) देखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहनेछ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यमदेखि भारीसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बदली रहनेछ तथा बाँकी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षारहिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षारहिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगावै गर्नुहुन, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिउँआँधी तथा हिमपहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनुहुन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानुहुन र गएको भए पनि उक्त अवधिमा सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।

साथै, यसबाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउमा पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन तथा पूर्वतयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ।

Top Changing Nepal

युट्युब सट्स