Jankari Kendra
१२ कार्तिक २०८३, बुधबार

एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १२
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता

काठमाडौं। नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायर उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको बताइएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले एलजी वाटर प्युरिफायर लाई प्रतिस्पर्धी बजारमा फरक पहिचान दिलाएको जनाइएको छ।

एलजी वाटर प्युरिफायर मा तलछट फिल्ट्रेसन, एन्टी–स्केलान्ट प्रशोधन, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट–कार्बन फिल्ट्रेसनसहितको बहु–चरणीय पानी शुद्धीकरण प्रणाली रहेको छ, जसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ। यसको ८ लिटर क्षमताको ट्याङ्कीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्ने पर्याप्त सुविधा प्रदान गर्नुका साथै हावा नछिर्ने ट्याङ्कीको ढक्कन र लक गर्ने प्रणालीले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्ने बताइएको छ।

कम्पनीका अनुसार,एलजी वाटर प्युरिफायरको अर्को प्रमुख विशेषता “२ फ्री मेन्टेनेन्स” सुविधा हो, जसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क सेड्युल्ड एन्ड अटोमेटेड सर्भिस भिजिट, दुई पटक कन्ट्याक्टलेस मेन्टेनेन्स सहित डिजिटल स्टेरिलाइजेसन केयर तथा दुई पटक आउटसाइड सेडिमेन्ट फिल्टर्स उपलब्ध छन्। गुणस्तरीय उत्पादनसँगै खरिदपछिको सेवामा दिइएको यो सुविधाले ग्राहकलाई थप सहजता र विश्वास प्रदान गरेको जनाइएको छ।

यी विशेषतासँगै यस दशैं तिहार तथा छठको उपलक्ष्यमा उपलब्ध आकर्षक चाडपर्व अफर र ० प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा ले एलजी वाटर प्युरिफायरलाई ग्राहकका लागि अझ आकर्षक बनाएको बताइएको छ। उन्नत प्रविधि, स्वच्छ पानी भण्डारण, परिवारमैत्री क्षमता र अतिरिक्त मर्मतसम्भार सुविधाको संयोजनले यसको प्रारम्भिक बजार सफलतामा योगदान पुर्याएको कम्पनीको दाबी छ।

Top Changing Nepal

युट्युब सट्स