पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
काठमाडौं । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुने छन् भने कार्यक्रममा प्रवेश निःशुल्क रहने जनाइएको छ।
काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउने बताएको छ। बुटवलमा करिब २,५०० जनाको सहभागिता रहेको यस कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा पल्सर एन १६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनुका साथै बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउने बताइएको छ। कम्पनीका अनुसार,स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन १६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ। सहभागीले पप-अप स्टोर, खाना, कफी र अन्य गतिविधिको अनुभव लिन सक्ने जनाइएको छ।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्च पनि रहेको कम्पनीको दाबी छ। विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ।
कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २:३० बजेदेखि सञ्चालन हुनुका साथै निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा पोखरा र आसपासका क्षेत्रका युवालाई सहभागी हुन आमन्त्रण गरिएको बताइएको छ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
