केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
काठमाडौँ। आधुनिक जीवनशैलीमा सुरक्षित, सहज र भरपर्दो तातोपानीको आवश्यकतालाई ध्यानमा राख्दै केन्टले आफ्ना विभिन्न मोडेलका इलेक्ट्रिक वाटर हिटरमार्फत उपभोक्तालाई नवीन प्रविधि, प्रभावकारी कार्यक्षमता र सुरक्षाको संयोजन प्रदान गर्ने बताइएको छ। केन्टका पोलार, थर्मोक्यू र हीटवेभ सिरिजका वाटर हिटरहरू घरपरिवारको दैनिक आवश्यकताअनुरूप डिजाइन गरिएका जनाएको छ।
जाडो मौसममा नुहाउन, भान्सामा प्रयोग गर्न तथा दैनिक घरायसी कामका लागि तातोपानीको सहज उपलब्धता महत्त्वपूर्ण हुन्छ भने यस आवश्यकतालाई सम्बोधन गर्न केन्टका वाटर हिटरहरूमा आधुनिक तताउने प्रविधि, विशेष सुरक्षा प्रणाली र टिकाउपनलाई प्राथमिकता दिइएको कम्पनीले बताएको छ।
पोलार सिरिजः आधुनिक डिजाइन र भरपर्दो सुरक्षा
केन्ट पोलार इलेक्ट्रिक वाटर हिटर १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध सिरिज हो। आकर्षक डिजाइन तथा प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधासहित तयार गरिएका यी मोडेलहरूले घरको आवश्यकता र उपलब्ध स्थानअनुसार उपयुक्त विकल्प छनोट गर्न सहज बनाउँने बताइएको छ। यस सिरिजका प्रमुख विशेषताहरूमा एन्टी–हाई प्रेसर प्रोटेक्सन, ओभरहिट प्रोटेक्सन, एन्टी–कोरोजन तथा स्केल सुरक्षा, एन्टी–ब्याक्टेरियल प्रविधि र उत्कृष्ट ग्लासलाइन कोटिङ समावेश हुनुका साथै विद्युतीय झट्काको जोखिम कम गर्न ईएलसीबी सुरक्षा प्रणाली पनि प्रदान गरिएको जनाइएको छ।
थर्मोक्यू सिरिजः बढी तातोपानी र छिटो तताउने प्रविधि
कम्पनीका अनुसार,केन्ट थर्मोक्यू इलेक्ट्रिक वाटर हिटर १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध छ भने यस सिरिजमा समावेश हीट प्लस टेक्नोलोजीले सामान्य तताउने प्रक्रियाको तुलनामा २० प्रतिशतसम्म बढी तातोपानी उपलब्ध गराउन सहयोग गर्ने विशेषता राख्छ।
यसमा रहेको व्हर्लफ्लो टेक्नोलोजीले पानी छिटो तताउन सहयोग गर्छ भने एन्टी-ब्याक्टेरियल स्टेरिलाइजेसन टेक्नोलोजीले पानीको स्वच्छतामा सहयोग पुर्याउने बताइएको छ। सुपेरियर ग्लासलाइन कोटिङले भित्री ट्याङ्कीको टिकाउपन र क्षरण प्रतिरोधमा सहयोग गर्नुका साथै ईएलसीबी प्रणालीले विद्युतीय झट्काबाट थप सुरक्षा प्रदान गर्ने उद्देश्य राखेको जनाइएको छ।
हीटवेभ सिरिजः दैनिक प्रयोगका लागि व्यावहारिक विकल्प
केन्ट हीटवेभ सिरिजमा १० लिटर र १५ लिटर क्षमताका वाटर हिटर समावेश छन् भने घरपरिवारको दैनिक तातोपानी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यस सिरिजमा हीट प्लस टेक्नोलोजी, व्हर्लफ्लो टेक्नोलोजी, एन्टी-ब्याक्टेरियल स्टेरिलाइजेसन टेक्नोलोजी, सुपेरियर ग्लासलाइन कोटिङ तथा ईएलसीबी सुरक्षा प्रणालीजस्ता विशेषताहरू समावेश रहेको बताइएको छ।
यी प्रविधिहरूले प्रभावकारी तताउने कार्य, स्वच्छतामा सहयोग, ट्याङ्कीको सुरक्षा र दैनिक प्रयोगमा थप सहजता प्रदान गर्ने लक्ष्य राख्ने जनाइएको छ।
सुरक्षा, टिकाउपन र ग्राहकको विश्वासमा जोड
कम्पनीका अनुसार,केन्टका प्रस्तुत वाटर हिटर सिरिजहरूमा तताउने कार्यक्षमता मात्र नभई सुरक्षा र टिकाउपनलाई पनि महत्त्व दिइएको छ भने उत्पादनअनुसार उपलब्ध सुरक्षा सुविधाहरूले अत्यधिक तापक्रम, उच्च पानीको चाप, क्षरण तथा विद्युतीय जोखिमजस्ता विषयलाई सम्बोधन गर्छन्। उत्कृष्ट ग्लासलाइन कोटिङ र एन्टी–ब्याक्टेरियल प्रविधिले उत्पादनको उपयोगिता थप बढाउँने बताइएको छ।
उत्पादनसँग सम्बन्धित वारेन्टीको विवरण सम्बन्धित मोडेल तथा आधिकारिक वारेन्टी सर्तअनुसार लागू हुने जनाइएको छ। केन्टका पोलार, थर्मोक्यू र हीटवेभ सिरिजका इलेक्ट्रिक वाटर हिटरहरू आधुनिक घरपरिवारका लागि सहजता, कार्यक्षमता र सुरक्षालाई एकैसाथ जोड्ने विकल्पका रूपमा प्रस्तुत रहेको कम्पनीको दाबी छ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
