Jankari Kendra
२० कार्तिक २०८३, बिहीबार

सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, २०
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु

काठमाडौँ । उज्यालो, देउसी-भैलो र मीठा परिकारहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो अत्याधुनिक माइक्रोवेभ ओभनहरूलाई भान्साको मुख्य सारथीका रूपमा प्रस्तुत गरेको जनाएको छ।

माइक्रोवेभ ओभन खाना तताउनका लागि मात्र हो भन्ने आम बुझाइलाई बदल्दै, सिजीले यस तिहारमा ग्राहकहरूलाई ओभनमै छिटो, मीठो र स्वस्थकर तरिकाले तयार गर्न सकिने चाडपर्व विशेष परिकारहरूबारे जानकारी गराएको बताइएको छ। कम्पनीका अनुसार,सिजी माइक्रोवेभ ओभनको मद्दतले यस तिहारमा निम्न परिकारहरू सजिलै घरमै तयार गर्न सकिन्छः

१.भाइ मसला रोस्टिङः तिहारमा नभई नहुने काजु, बदाम, पिस्ता र ओखर जस्ता भाइ मसलालाई कराइमा डढ्ने डरबिना ओभनमा केही मिनेटमै क्रिस्पी र स्वादिष्ट रूपमा रोस्ट गर्न सकिन्छ।

२.घरमै स्वादिष्ट मिठाईः बजारको मिसावटयुक्त मिठाईभन्दा घरमै बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलवा र चकलेटहरू अब घन्टौं आगोमा नउभिएरै सिजी माइक्रोवेभ ओभनमा निकै छिटो र सजिलै बनाउन सकिन्छ।

३.बेकिङ र ग्रिलिङः भाइटीकामा दाजुभाइलाई उपहार दिन आफ्नै हातले बनाएको केक, कुकिज, वा पारिवारिक जमघटका लागि पनिर र मासुका परिकारहरू ग्रिल गर्न यसमा रहेको कन्भेक्सन र ग्रिल फिचर अत्यन्तै उपयोगी छ।

४.परिकारको ताजापनः अघिल्लै दिन बनाइएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारहरूलाई पाहुना आउँदा तुरुन्तै तताएर भर्खरै पकाएको जस्तै ताजा र क्रिस्पी बनाउन यसले ठूलो मद्दत गर्छ।

ग्राहकहरूको विभिन्न आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै, कम्पनीले हाल बजारमा २० लिटरदेखि ३५ लिटर क्षमतासम्मका जम्मा ६ वटा विभिन्न मोडलका (सोलो, ग्रिल र कन्भेक्सन) माइक्रोवेभ ओभनहरू उपलब्ध गराएको बताइएको छ। जसमध्ये २ वटा मोडलहरू प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका रहेका छन् भने बाँकी ४ वटा मोडलहरू लोकप्रिय सिजी ब्रान्ड अन्तर्गत उपलब्ध रहेको जनाइएको छ। यी उपकरणमा रहेको ”अटो कुक मेनु” ले परिकारअनुसार आफैं समय र तापक्रम मिलाउने हुँदा भान्साको काम झन्झटमुक्त र पूर्ण रूपमा स्मार्ट बन्ने कम्पनीको दाबी छ।

ग्राहकहरूको बिक्रीपछिको सेवालाई (आफ्टर सेल्स सर्भिस) अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको बताएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको जनाइएको छ।

Top Changing Nepal

युट्युब सट्स