नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
काठमाडौँ । मिति २०८३ कार्तिक १८ गते, बुधबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयहरूमा छलफल गरेको जनाइएको छ।
उक्त भेटघाटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका बताइएको छ।
नाडाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ–संस्था तथा कार्यालयहरूलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। यस किसिमका सहयोगात्मक गतिविधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास रहेको छ।
नाडाका अनुसार उक्त भेटघाट तथा सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यदय दिपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।
नाडा आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्ने जनाइएको छ।
सम्बन्धित समाचार
आज पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिक बदली हुने सम्भावना
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
मंगलबार नेप्सेमा ६.६२ अंकको वृद्धि
नेपाल–पाकिस्तानबीच व्यापारिक सम्बन्ध विस्तारको तयारी, लगानी र सहकार्यका नयाँ अवसर खोजिँदै
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
