चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
काठमाडौँ । नेपालका लागि चेरी गाडीहरुको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले आफ्नो नयाँ विदयुतीय क्रसओभर चेरी क्यु नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि,प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको चेरी क्युले नेपालको बढ्दो विद्युतिय सवारी साधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको जनाइएको छ ।
चेरी क्यूको लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ भने १७५ मिमी ग्राउन्ड क्लियरेन्स,२१ डिग्रीको अप्रोच एंगल र २६ डिग्रीको डिपार्चर एंगलले यसलाई नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाएको बताइएको छ। व्यावहारिकतालाई ध्यानमा राख्दै यसमा ७० लिटर क्षमताको इलेक्ट्रिक फ्रङ्क (अगाडिको स्टोरेज ) र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिने जनाइएको छ। आरामदायी र स्थिर ड्राइभिङ अनुभवका लागि यसमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडिको मल्टिलिङ्क सस्पेन्सन सिस्टम जडान गरिएकोे बताइएको छ।
कम्पनीका अनुसार,सुरक्षाका लागि चेरी क्यूमा ६ वटा एयरब्याग, ५४०(डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल असिस्ट लगायतका सुविधाहरू उपलब्ध हुनुका साथै एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङलगायतका एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम ९एडीएएस० सुविधाहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउँछन् ।
चेरी क्यूमा ४१.२ किलोवाट आवर (केडब्ल्यूएच) क्षमताको एलएफपी ब्याट्री प्याक र रियर-ह्विल ड्राइभ पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। यसको मोटरले अधिकतम ९० किलोवाट (केडब्ल्यू) पावर र ११५ न्युटन मिटर (एनएम) टर्क उत्पादन गर्छ। एकपटक पूर्ण चार्ज गर्दा यसले एनईडीसी परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
पायोनियर मोटो कर्प प्रा.लि.का प्रबन्ध निर्देशकले चेरी क्यू को सार्वजनिक कार्यक्रममा भने, ”चेरी क्यूको सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधानहरू भित्र्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। अत्याधुनिक सुरक्षा सुविधाहरू, प्रिमियम आराम, स्मार्ट पार्किङ प्रविधि र दैनिक प्रयोगका लागि उपयुक्त व्यावहारिकताको उत्कृष्ट संयोजनसहित चेरी क्यू नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पूरा गर्न डिजाइन गरिएको छ। नवीन उत्पादनहरू प्रस्तुत गर्नुका साथै हामी देशभर आफ्नो पूर्वाधार विस्तार गर्दै ग्राहकहरूलाई सहज र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं।”
चेरी विश्वभर सन् २००३ देखि लगातार नम्बर १ यात्रुवाहक सवारीसाधन निर्यातकर्ता रहँदै आएको छ भने २ करोडभन्दा बढी प्रयोगकर्ता तथा विश्वका १३० भन्दा बढी क्षेत्र र देशहरूमा आफ्नो उपस्थिति स्थापित गरेको चेरीले नवीनता, गुणस्तर र अत्याधुनिक अटोमोटिभ प्रविधिमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।
नेपालमा चेरीको उपस्थितिलाई थप सुदृढ बनाउँदै पायोनियर मोटो कर्प प्रा.लि.ले आफ्नो देशव्यापी पूर्वाधार तथा ग्राहक सेवा सञ्जाल विस्तार गरिरहेको छ भने ग्राहकहरूले चेरी क्यू प्रिमियमलाई काठमाडौंको थापाथलीस्थित चेरी शोरुमका साथै बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडस्थित शोरुमहरूमा अवलोकन तथा अनुभव गर्न सक्ने जनाइएको छ। चेरी क्यूको सार्वजनिकरणसँगै पायोनियर मोटो कर्पले नेपाली ग्राहकहरूलाई नवीन प्रविधि,आराम,सुरक्षा र उत्कृष्ट मूल्यको संयोजनसहितको विद्युतीय सवारी अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताइएको छ।
सम्बन्धित समाचार
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
आज पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिक बदली हुने सम्भावना
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
