Jankari Kendra
२ मंसिर २०८३, मंगलवार

क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, २
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त

काठमाडौं। ह्याम्स ग्रुपको अटोमोटिभ व्यवसायिक इकाई हाइली एड्भान्स्ड मोटर्स प्रालि (एचएएमएस) ले टेकु, काठमाडौंस्थित क्यूजे मोटर नेपालको शोरुममा आयोजित एक विशेष हस्ताक्षर समारोहका बीच पारस खड्कालाई क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडरको रूपमा औपचारिक स्वागत गरेको जनाइएको छ।

कम्पनीका अनुसार,यस सहकार्यले नेपालमा क्यूजे मोटर नेपालको यात्रामा एक महत्त्वपूर्ण कोसेढुङ्गा थपेको छ, जसले विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड र नेपालका एक सर्वाधिक सम्मानित खेल व्यक्तित्वलाई एकैसाथ जोडेकोे छ। सन् १९८५ मा जिली ग्रुप अन्तर्गत स्थापित क्यूजे मोटर नेपाल आफ्नो उत्कृष्ट इन्जिनियरिङ, नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धताका लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित रहेको दाबी गरिएको छ।

कार्यक्रममा बोल्दै क्यूजे मोटर नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भने, ”मेरो लागि विश्वास र विश्वसनीयता खेलकुद होस् वा दैनिक जीवन, हरेक क्षेत्रमा उत्तिकै महत्त्वपूर्ण छ। मलाई लाग्छ, कुनै पनि ब्रान्डले मानिसहरूमा जगाउने भरोसा र प्रदान गर्ने अनुभवबाट नै आफ्नो पहिचान बनाउँछ। क्युजे मोटरसँग आबद्ध हुन पाउँदा म अत्यन्तै खुसी छु र नेपालमा यसको आगामी यात्राको हिस्सा बन्न उत्साहित छु।”

ह्यामस ग्रुपका अध्यक्ष आर. एस. भण्डारीले भने, ”ह्याम्स ग्रुपको यात्रा सदैव विश्वास, प्रतिबद्धता र दीर्घकालीन सम्बन्धबाट निर्देशित रहँदै आएको छ। क्यूजे मोटर नेपालसँगको हाम्रो सहकार्यले नेपाली ग्राहकहरूमाझ गुणस्तर र विश्वसनीयता भित्र्याउने हाम्रो विश्वासलाई प्रतिबिम्बित गर्दछ। पारस खड्कालाई ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गर्न पाउँदा हाम्रो यो प्रतिबद्धता अझ मजबुत भएको छ, किनकि उहाँले हाम्रो संस्थाले उच्च मूल्याङ्कन गर्ने समर्पण, इमानदारी र विश्वासको प्रतिनिधित्व गर्नुहुन्छ।”

त्यसैगरी, ह्याम्स ग्रुपका कार्यकारी निर्देशक समिर भण्डारीले भने, ”हाम्रो दृष्टिकोण नेपालमा एक विश्वव्यापी मोटरसाइकल ब्रान्ड भित्र्याउनु मात्र होइन, बरु ग्राहकहरूले विश्वास गर्न र अपनत्व लिन सक्ने एक विरासत निर्माण गर्नु हो। क्यूजे मोटरको विश्वव्यापी विरासत र ग्राहक सन्तुष्टिप्रतिको हाम्रो प्रतिबद्धताका साथ, हामी भरपर्दो उत्पादन, सशक्त बिक्रीपछिको सेवा ९आफ्टर(सेल्स सपोर्ट० र उत्कृष्ट राइडिङ अनुभवमार्फत दीर्घकालीन सम्बन्ध स्थापित गर्ने लक्ष्य राख्दछौं।”

यस साझेदारीमार्फत क्यूजे मोटर नेपालले नेपाली ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने, ब्रान्डप्रतिको विश्वास बढाउने तथा गुणस्तर, उत्कृष्ट कार्यक्षमता (पर्फर्मेन्स) र विश्वसनीयता प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने लक्ष्य राखेको जनाइएको छ।

 

Top Changing Nepal

युट्युब सट्स