प्रधानमन्त्री बालेन्द्रको भारत जाने कार्यक्रम निश्चित, यस्तो छ भ्रमण कार्यतालिका
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणको संक्षिप्त कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार भ्रमण दुई दिने हुने छ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन्। उनको साथमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरू रहनेछन्।
भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली पनि सहभागी हुने भएको छ। परराष्ट्र सचिव अमृत राईका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन्। सरकारी टोली ३४ सदस्यीय हुने भएको छ भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार दिउँसो प्रतिनिधिमण्डलस्तरको वार्ता गर्नेछन् ।
मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन्। भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने तालिका छन् ।
यो भ्रमण दुई देशका जनताका लागि अधिकतम पारस्परिक लाभ हुने गरी, भविष्यमुखी दृष्टिकोणका साथ व्यापक सहयोगात्मक साझेदारीको समीक्षा गर्ने एक महत्त्वपूर्ण अवसर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
आज अधिकांश स्थानमा मौसम सफा रहने
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपालमा नेभेको १६ सिटर विद्युतीय भ्यानको मूल्य र विशेषता
ट्रेन्डिङ
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
स्थानीय तहको निर्वाचन चैत पहिलो साताभित्रै गराउने आयोगको तयारी
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
