आज अधिकांश स्थानमा मौसम सफा रहने
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
दिउँसो कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति भने कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।
आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपालमा नेभेको १६ सिटर विद्युतीय भ्यानको मूल्य र विशेषता
कावेई १४ सिटे विद्युतीय भ्यान नेपालमाः मूल्य, रेन्ज र प्राविधिक विशेषता सहित
आज एकैदिन सुनको मूल्यमा ६ हजार ३०० रुपैयाँको गिरावट
पश्चिमी वायुको प्रभाव जारी, बिहान हुस्सु लाग्ने सम्भावना
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
ट्रेन्डिङ
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
स्थानीय तहको निर्वाचन चैत पहिलो साताभित्रै गराउने आयोगको तयारी
सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ९ सयले घट्यो
