पश्चिमी वायुको प्रभाव जारी, बिहान हुस्सु लाग्ने सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।
आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
नबिल बैंक नवौँ पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक
सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ९ सयले घट्यो
