१२ कक्षाको परीक्षा स्थगित नभएको बोर्डको स्पष्टोक्ति
जानकारी केन्द्र
२०८२, बैशाख, ५
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारेको छ । परीक्षा स्थगित भएको हल्ला फैलिएपछि बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुने स्पष्ट पारेको हो ।
विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डले जानकारी दिएको छ ।
परीक्षासम्बन्धी आधिकारिक सूचना वेबसाइटमार्फत् दिने गरिएको भन्दै बोर्डले विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न आग्रह गरेको छ ।
शिक्षकहरुको आन्दोलन जारी रहेका समय वैशाख ११ गतेदेखि तय कक्षा १२ को परीक्षा स्थगित भएको सूचना बाहिरिएको थियो । त्यसलगत्तै बोर्डले परीक्षा पहिलेको तालिका अनुसार नै हुने भनेर विज्ञप्ती निकालेको हो ।

सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
