शिक्षा विधेयकमाथि असन्तुष्टि, शिक्षक महासंघले आन्दोलन घोषणा
काठमाडौं । शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
कार्यक्रमअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । त्यस्तै भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टे प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय गरिएको छ । महासंघले भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय इकाईमा पनि ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिने जनाएको छ ।
आन्दोलनको दोस्रो चरणका कार्यक्रम भने भदौ २१ गते सार्वजनिक गरिने छ । यस चरणमा अवरोधात्मक तथा कडा किसिमका आन्दोलनकारी कार्यक्रम ल्याइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले भने, “०८१/८२ सालको आन्दोलनभन्दा कडा आन्दोलन गर्छौं ।”
यसअघि महासंघले गत चैत २० देखि २९ दिनसम्म विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन चलाएको थियो ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
