वाणिज्य बैंकमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५% भन्दा तल झर्यो
काठमाडौं । वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर निरन्तर ओरालो लाग्दै जाँदा औषत दर ५ प्रतिशतभन्दा तल झरेको छ। पुस महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ब्याजदर ४.८३ प्रतिशतमा सीमित भएको छ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ सूचीअनुसार मंसिरमा ५.०४ प्रतिशत रहेको अधिकतम औषत ब्याजदर पुसमा करिब ०.२१ प्रतिशतविन्दुले घटेको छ। २० वाणिज्य बैंकमध्ये १३ बैंकले पुसमा ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ०.५ प्रतिशतविन्दुले कटौती गरेका छन् भने कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले घटाएको छ।
सात वाणिज्य बैंकले भने पुसमा मंसिरकै ब्याजदर कायम राखेका छन्। यसमा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंक समावेश छन्।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर दिनेमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंक रहेका छन् (५.५ प्रतिशत) भने प्राइम कमर्सियल बैंकले सबैभन्दा कम ४.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।
संस्थागत मुद्दति निक्षेपमा पनि कमि देखिएको छ। मंसिरको तुलनामा पुसमा अधिकतम औषत ब्याजदर करिब ०.१३ प्रतिशतविन्दुले घटेको छ। यस अवधिमा पाँच वाणिज्य बैंकले मात्र संस्थागत मुद्दति ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लै दर कायम राखेका छन्।
सम्बन्धित समाचार
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


