काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन प्रतितोला ७ सय रुपैयाँले बढेर दुई लाख ६० हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएर चार हजार ८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।





