काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक डिजिटलमा उत्कृष्टता आर्थिक वर्ष २०८१/८२ र,नेपालपे ईआर कारोबारमा उत्कृष्टता आर्थिक वर्ष २०८१/८२बाट सम्मानित भएको छ ।
आर्थिक वर्ष २०८१/०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा व्यूआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो । मंगलबार नेपाल क्लियरिङ हाउसद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड प्राप्त गरेका छन् ।
समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ । विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।




