• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. २०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

  • ४. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ५. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ६. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • ७. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • ९. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • १०. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

जानकारी केन्द्र २०८२, पुष, १९

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटिएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकलाई वालेटदेखि एटिएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रुपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटिएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए । “नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रुपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो”, उनले भने । “नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ । नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रुपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ,” उनले थपे ।

खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण प्रयास भएको बताए । “यस सम्झौताले बैंकको ठूलो सञ्जालमा एप प्रयोगकर्ताहरुको पहुँच सहज रुपमा स्थापित गर्न सहयोग पुग्नेछ, हामी हाम्रा वित्तीय कारोबारलाई छिटो, सजिलो र अन्तरनिहीत रुपमा सुरक्षित बनाउने योजनाअनुसार सम्झौता भएको हो ।”

यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा लिनका लागि खल्ती वालेटका प्रयोगकर्ताले सबैभन्दा पहिले खल्ती वालेटमा भएको कार्र्डलेस विथड्रलमा रहेको नबिल कार्डलेस विथड्रलमा गएर आफूले निकाल्न चाहेको रकम भर्नुपर्नेछ । त्यसपछि उक्त विवरण पुष्टि गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटिपी नम्बर प्राप्त गर्नेछन् ।

त्यसपछि प्रयोगकर्ताले बैंकको एटिएम स्क्रिनमा रहेको कार्डलेस विथड्रलमा जानुपर्नेछ । त्यसमा रहेको वालेट अप्सनमा मोबाइल नम्बर राख्नुपर्नेछ । साथै मोबाइलमा प्राप्त ओटिपी राखेपछि आफूले वालेटमा प्रविष्ट गरेको रकम एटिएम स्क्रिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिनेछ ।

यो सुविधा जुनसकै समयमा पनि उपलब्ध हुनेछ । विशेष गरी एटिएम कार्ड नभएको अवस्थामा सहज रुपमा नगद निकाल्नका लागि यो उत्तम विकल्प हुने बैंकले जनाएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.