आजदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुँदै
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने छ । सरदर दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुने छ । फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुने छन् ।
आयोगबाट स्वीकृत डिजाइन अनुसार समानुपातिक मतपत्रमा सेतो कागजमा कालो रङको प्रयोग हु्ने छ । समानुपातिक निर्वाचनमा भाग लिने गरी उम्मेदवारको बन्दसूची पेस गरेका दलका ५८ चिह्न मतपत्रमा हुने छन् । समानुपातिकमा देशभरका लागि एकै प्रकारको मतपत्र प्रयोग हुने छ । प्रत्यक्षमा भने निर्वाचन क्षेत्र अनुसार फरक फरक हुने छन् ।
समानुपातिकतर्फ राजनीतिक दलले पुस १३ र १४ गते बन्दसूची बुझाएका थिए । बन्दसूचीमा जाँचबुझ गरी आयोगले त्रुटि सुधारका लागि दलहरूलाई पत्राचार गरिसकेको छ । निर्वाचनमा भाग लिन उम्मेदवारी दिएका सबै दलका सूचीमा कुनै न कुनै त्रुटि फेला परेपछि अयोगले सबैलाई पत्राचार गरेको थियो ।
पुस २७ गतेसम्म बन्दसूची सच्याउन दललाई आयोगले समय दिएको छ । २८ गते उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । माघ ४ गते बन्दसूची सार्वजनिक हुने छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि सुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्षमा पनि दुई करोड हाराहारीमा मतपत्र छापिने छन् । समानुपातिक र प्रत्यक्ष गरी चार करोड हाराहारीमा मतपत्र छापिने छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

