काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन बजारका ६ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूहको सूचक ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत र होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशतले घटेको छ ।
कारोबार दिनमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।





