काठमाडौं । आज पनि सुनको मुल्य नयाँ रेकर्ड बनेको छ । आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मुल्य २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।




